दमक, जेठ ८ । बिघटित प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेतृ महेन्द्राकुमारी लिम्बुले झापा क्षेत्र नम्बर ५ र यस आसपासका कोरोना संक्रमितहरुलाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेकी छन् ।

आफ्ना दिवंगत बुबा तथा प्रजातन्त्रका सेनानी मुगाधन राई र आमा कृष्णकुमारी राईको नाममा स्थापना भएको मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानमार्फत् सञ्चालित एम्बुलेन्सले झापा क्षेत्र नम्बर ५ र यस आसपासका बिरामीहरुलाई निशुल्क सेवा प्रदान गर्ने उनले बताइन् ।
प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी पूर्व सांसद लिम्बुले सबै क्षेत्र, पेशा तथा व्यवसाय ठप्प रहेको र सबै कोरोनाको महामारीसंग जुधिरहेको बेला कुनै पनि नागरिक अस्पताल पुग्न नपाएर मृत्युको मुखमा पर्न नपरोस् भनेर आफ्नो तर्फबाट निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्