बिर्तामोड , जेठ ९ । कोरोेना महामारीको विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर काम गर्ने सशस्त्र प्रहरीलाई शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले सहयोग गरेको छ ।

सशस्त्र प्रहरी बलले गरिरहेको कार्यको उच्च प्रशंसा गर्दै शिखर बचत तथा ऋण सहकारी संस्थाका संचालक र शेयर सदस्य रहेका केही व्यवसायीहरुले स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष दिपेन्द्र राउतले बताए । संस्थाका अध्यक्ष राउत, लेखा समिति संयोजक अर्जुन चापागाँई, संचालक सदस्य किरण पौडेल, सदस्यहरु हरि ओझा,आनन्द डालमिया ,नरेश श्रेष्ठ,राजु मित्तल, इम्तियाज शेख,विपिन नेपाल ,महेश पौडेललगायतले ५ हजार थान मास्क र ७ सय २० थान हातधुने लिरिल साबुन प्रदान गरेका थिए ।

करिव ४० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री बिर्तामोडका व्यवसायीहरुले सशस्त्र प्रहरी बल नम्वर २ गण हेक्वा भद्रपुरलाई प्रदान गरेकोमा गणका गणपति एसपी रमेशकुमार पाण्डेले धन्यवाद दिए । झापा जिल्लाको दुरदराजसम्म करिव एक हजार सशस्त्र प्रहरी जिल्लामा कार्यरत रहँदा हरेक दिनजसो आबश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेकोमा डिएसपी प्रेम प्रसाईले समेत व्यवसायीहरुलाई धन्यवाद दिए । सहयोग हस्तान्तरण कार्यक्रममा दिपेन्द्र राउत, अर्जुन चापागाँंई , किरण पौडेल र उमेश राउतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्