बिर्तामोड , जेठ ९ । नगरक्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि अर्जुनधारा नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलव्ध गराउने दाताहरु बढ्दै गएका छन् ।

पछिल्लो पटक अर्जुनधारा ८ निवासी नेकपा एमाले जिल्ला कमिटी सदस्य, खेलकुद महासंघ सचिवालय सदस्य, कम्पो खुकुरी मार्सल आर्टका जिल्ला कमिटी अध्यक्ष एवम शिखर साकोसका सहसचिव समाजसेवी व्यवसायी तारा खतिवडाले एक थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको जानकारी गराए । आफ्नो घरमा रहेको सिलिण्डर विपदको बेला नगरलाई सहयोग गर्नु नगरबासीको कर्तव्य रहेको खतिवडाले बताए ।
यसैगरी अर्जुनधारा ६ निवासी गोपाल दाहालले पनि एक थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको अर्जुनधाराका कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जानकारी दिएका छन् ।
यसअघि सामाजिक अभियन्ता कमल पोख्रेलको पहलमा अर्जुनधारा ७ का विकास सुन्दासले २ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका थिए ।नगरले स्थापना गरेको आइसोलेसन सेन्टरमा व्यवस्थितरुपमा कोरोना संक्रमितको उपचार सुरु हुन थालेपछि अक्सिजन सिलिण्डर उपलब्ध गराउने दाता थपिदै गएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्