झापा, जेठ १० । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् ।
आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको हो । घटनाको सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट गएको प्रहरी टोलीले तामाङसंग रहेका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्