झापा , जेठ १० । फिदिमकी एक महिलासहित झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा झापा बिर्तामोड र बुद्धशान्तिका दुई पुरुष छन् । बिर्तामोड ८ का ८५ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको र त्यसपछि होम आइसोलेसनमा रहेका उनको हिजो बेलुका मृत्यु भएको नगरपालिकाका कोभिड पर्सन ओम खड्काले बताए । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २३ पुगेको छ ।त्यस्तै मेची अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं २ का ७७ वर्षिय पुरुषको उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको सूचना अधिकारी मनोज पोखरेलले बताए । त्यस्तै मेचीमा फिदिम ३ बस्ने ३१ वर्षिया महिलाको पनि मृत्यु भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्