झापा, जेठ १२ । बिर्तामोडका एकजना औषधी व्यवसायीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

साथी मेडिको एण्ड साथी डाइग्नोष्टिक सेन्टरका संचालक प्रकाशचन्द्र उप्रेतीको कोरोना संक्रमणबाट बिर्तासिटी हस्पिटलमा आज अपरान्ह १२.४० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी बमबहादुर बस्नेतले बताए । बिर्तामोड १० निवासी करिब ४९ वर्षिय उप्रेती विगत १० दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।त्यस्तै कोरोना संक्रमणबाट गरामनी स्वास्थ्य चौकीका पूर्व अहेव कृष्णप्रसाद भट्टराईको पनि मृत्यु भएको छ । भद्रपुर ९ निवासी ६५ वर्षिय भट्टराईको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।