बिर्तामोड , जेठ १२ । पछिल्लो २४ घण्टाभित्र झापाका १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा ६४ जना महिला रहेका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा पीसीआर परीक्षणबाट ११८ र एन्टिजेनबाट २० जना रहेका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका २७ जना महिलासहित ५८ जना संक्रमित रहेका छन् ।यसैगरी, मेचीनगरका ९ महिलासहित २१ जना, गौरादहका १० महिलासहित १७ जना, हल्दिबारीका ८ महिलासहित १८ जना, कमलमा ३ महिलासहित ७ जना, बिर्तामोडमा २ महिलासहित ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै, अर्जुनधारामा २ महिला र १ पुरुष, बाह्रदशी, भद्रपुर र शिवसताक्षीमा १–१ महिला र १–१ पुरुष, बुद्धशान्ति, कचनकवल र ठेगाना नखुुलेका १–१ जना पुरुष पनि संक्रमित भएका छन् ।योसँगै झापामा कुल संक्रमितको संख्या पीसीआरतर्फ ९ हजार ६३२ र एन्टिजेनतर्फ ६३६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ८४३ रहेको छ । बुधवार ८१ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै झापामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ५२८ रहेको कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिएका छन् ।