शरणामती,जेठ १३ । झापा गाउँपालिका–५ पुरानो शरणामतीका एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
७८ वर्षीय राय थरका बृद्धको घरमै मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । मधुमेह,प्रोस्टेज र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग समेतले पीडित पुरुषको होम आइसोलेसनमै गएराति मृत्यु भएको विश्वकर्माले जानकारी दिए । योसंगै झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।