बिर्तामोड , जेठ १३ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष श्रीप्रसाद शिगुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विगत १६ दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको थियो । भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला शिगुको आज बिहान ८ बजे मृत्यु भएको उनका दाइ सर्ण शिगुले बताए ।
नेपाल कम्युनिस्ट पार्टी(एमाले ) जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शिगुका एक छोरा र छोरी छन् ।