झापा , जेठ १५ । करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको लागि बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको सहयोग नचाहिने भएको छ ।

चिकित्सकहरूको सल्लाहमा थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् ।

यसक्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रेस नोट जारी गरी जनाएका छन् । थापाको अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उपचार भैरहेकोसमेत जानकारी मिश्रले दिएका छन् ।
उनले हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईंलाई सद्भावको लागि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्