भद्रपुर, जेठ १५ । कोभिड १९ संक्रमणयता उपचारमा जान नपाएका दीर्घ रोगीहरूको आवश्यक उपचार जुटाइ दिन मेची अभियानले विशेषज्ञ सेवा शुरू गरेको छ ।

मेचीनगरको बाहुन्डाँगी र भद्रपुरको चन्द्रगढीबाट दीर्घ रोगीको उपचारका लागि विशेषज्ञ डाक्टरहरूबाट अनलाइन उपचार सेवा शुरु गरिएको हो ।
‘हामी जुट्छौं फेरि उठ्छौं’ भन्ने नारासहित अभियानले कोभिड संक्रमणबाट पीडित उपचारविहिन तथा विभिन्न दीर्घ रोगको उपचार नपाएकाहरूलाई घर–घरमा गएर विशेषज्ञ सेवा दिन थालेको हो ।
अभियानका चन्द्रगढी संयोजक सोमप्रसाद ढुंगेलका अनुसार पहिलो दिन भद्रपुरका ३ जना दीर्घ रोगीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ डा. सञ्जीवकुमार शर्माले सेवा दिएका थिए । एकजना अर्बुद रोगी, अर्को मुटु तथा दम र अर्को स्त्री रोग पीडितले कोभिड संक्रमण त्रासले अस्पताल पुगेर सेवा लिन नसकेपछि डा. शर्माले अनलाइनबाट उपचार सेवा दिएको संयोजक ढुंगेलले जानकारी दिए । उनका अनुसार विरामीको आवश्यकता अनुसार अभियानले विशेषज्ञ सेवा दिइरहने छ भने औषधी र प्रयोगशाला परीक्षण पनि निरन्तर सञ्चालित हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्