मेचीनगर, जेठ १६ । मेचीनगरमा आज फेरि एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–६ स्थित भट्टराई चोकमा डेरा गरी बस्ने ६६ वर्षीय पुरुषको गएराति ९ बजे मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई जेठ ९ गतेदेखि सोहि अस्पतालमा राखेर उपचार गराइएको थियो । सोहि दिन बिहान काँकरभिट्टामा उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।
पथरी–५ स्थित जनता टोल निवासी उनको पार्थिव शरीर उतै लाने तयारी गरिएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।