झापा , जेठ १७ । सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि झापा जिल्लाका १५ पालिकालाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।यस्तै, ७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।ः

सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।
आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो ।
आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नौ अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नौ करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ ।
यस्तै प्रदेशतर्फ प्रदेश १ मा १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश २ मा ९० अर्ब ९० करोड, वाग्मती प्रदेशमा १४ अर्ब ७२ करोड, गण्डकी प्रदेशमा १३ अर्ब, लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड, कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड र सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्