झापा , जेठ १७ । अर्जुनधाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
अर्जुनधारा ३ की ५३ वर्षीया लिम्बू थरकी महिलाको उपचारका क्रममा हिजो मध्यरातमा मेची कोभिड अस्पताल भद्रपुरमा मृत्यु भएको हो । उनलाई एक साताअघि संक्रमण पुष्टि भएको थियो ।अर्जुनधाराका नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार मृतकको खुदुनाबारीस्थित सुखानी खोलामा नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्नेछ ।यो सँगै कोरोनाको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।