बिर्तामोड , जेठ १७ । विश्वव्यापी महामारी कोरोना संक्रमणका बारेमा सजग गराउँदै बिर्तामोड ९ स्थित गरमकाली कृषक समूहले आज स्वास्थ्य सामग्री वितरण गरेको छ ।

समूहले आफ्नो समुहका कृषक र अन्य टोलबासीहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको सचिव यज्ञराज श्रेष्ठले बताए । शहीद चन्द्र मार्गको दायाँ बायाँ रहेको कन्चन, पंचकन्या र लखिबारी टोलका करीब ४० घरमा ती स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानकारी दिए । समूहका अध्यक्ष प्रेमकुमार खरेलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले कोरोना संक्रमणका बारेमा सचेतना जगाउँदै स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको थियो ।