झापा,जेठ १८ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
अर्जुनधारा नगरपालिका ७ निवासी बालिकालाई जबरजस्ती करणी गरेको आरोप त्यही ठाउँ बस्ने १४ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ती किशोरलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो।प्रहरीका अनुसार गत वैशाख १६ गते छिमेकी दाजु पर्ने ती किशोरले बालिकालाई ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेका थिए।घटना भएको तीन दिनपछि मात्र बालिकाको दिदीले घटनाबारे थाहा पाइन्। गाउँभरि हल्ला हुने डरले छरछिमेक र पीडकका परिवार घटनालाई ढाकछोप गर्नतर्फ लागेको पीडित परिवारको भनाइ छ ।बालिकाको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले छरछिमेक र पीडकका परिवारले उल्टै परिवारजनमाथि दबाब दिएका थिए । छरछिमेकले दबाब दिँदा उनका आमाबुबा पनि केही बोल्न सकेनन्।करणी गर्ने ती किशोरलाई गाउँमा एक भेलाको आयोजना गरी पीडकका हजुरआमाले बालिकाको खुट्टा ढोगेर माफी माग्न लगाएर घटना सामसुम बनाएको स्थानीयको दाबी छ।
घटना सेलाइसकेको झन्डै एक महिना बित्न लागेको थियो। तर, घटनाको बारेमा चौतर्फी हल्ला फैलिँदै गएपछि नगरपालिकाभित्रकै केही स्थानीय युवाले घटनाबारे थाहा पाएर घटनालाई प्रहरीसम्म पु¥याउने योजना बनाए। पीडित परिवारलाई संरक्षण दिएर ती युवाले प्रहरीसम्म लगेर किटानी जाहेरी दिन लगाए।पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सोमबार दिउँसो किटानी जाहेरी दिएको डिएसपी थापाको भनाइ छ। प्रहरीमा किटानी जाहेरी परेपछि ती किशोरलाई मंगलवार पक्राउ गरिएको डिएसपी थापाले बताए।यता बालिकाको मेडिकल परीक्षणका लागि सोमवार नै प्रहरीले मेची अञ्चल अस्पताल भद्रपुर पठाइसकेको छ।‘घटना महिना दिन अघिको भएकोले त्यसबारे प्रहरीले स्थलगत अनुसन्धान थालेको छ,’ उनले भने, ‘किशोरमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाइनेछ।’त्यति मात्र नभई बालिकाको आफ्नै २५ वर्षीय दाजुले पनि यौन दुव्र्यवहार गरेको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन्। ती युवा पीडितकी झड्केलो दाजु हुन् ।दाजुले पटक–पटक गुप्तांग खेलाएको बालिकाको बयानमा उल्लेख छ। दाजुबारे पनि बालिकाको परिवारजनले मंगलबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दिएको छ ।डिएसपी थापाले भने, ‘किटानी जाहेरीपछि घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ, कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँछ।’




