बिर्तामोड , जेठ १९ । भद्रपुर नगरपालिका वडा नं ८ का वडा सदस्य इन्द्रसिह राजवंशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा ५२ वर्षिय राजवंशीको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । उनको विगत एक सातादेखि त्यस अस्पतालमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्