झापा,जेठ २० । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना राजगढबाट पक्राउ परेका छन् ।

हिजो साँझ ७.३० बजे बाह्रदशी २ स्थित बुट्टाबारी चौकमा साईकलमा आउँदै गरेको अवस्थामा बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाह्रदशी २ बस्ने २३ वर्षिय कुलबहादुर कडेललाई २.०१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थपको अनुमति लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्