बिर्तामोड , जेठ २१ । करीव एक महिनादेखिको लामो निषेधाज्ञाका कारण खाद्यान्नको समस्यामा परेका अतिविपन्न परिवारलाई राजवंशी महिला समाजले राहत वितरण गरेको छ ।

समाजले प्रारम्भिक चरणमा ६ परिवारलाई राहत वितरण गरेको हो । बिर्तामोड २ का खरंगनी राजवंशी, आद्री राजवंशी, धामोसरी राजवंशी, तारा राजवंशी, ढाडोसरी राजवंशी र मून्नी मर्डीलाई चामल , दाललगायतका राहत सामग्री वितरण गरेको जनाइएको छ । राजवंशी महिला समाजकी अध्यक्ष सनम राजवंशी, कोषाध्यक्ष रूपा राजवंशी , सह–सचिव अनिता राजवंशी , तिलचन राजवंशी , सल्लाहकार पुकार राजवंशीलगायतको राहत वितरण कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्