झापा, जेठ २१ । झापाको बिर्तामोड नगरपालिका–९ धौलापुलबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय पशुपती राजवंशी, २८ वर्षीय दिपक चौधरी र एक १७ वर्षीय बालकलाई हिजो साँझ ७ बजे १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्