सुरेश आले ‘सर्जु ’,
बिराटपोखर, जेठ २१ । समाजमा पुण्य कमाउन चाहनेहरुको कमी छैन । अहिले बिर्तामोड ९ कोलाटोलीका निरौला परिवार उत्साहित देखिएका छन् । ठूलो रकम खर्च गरेर पुण्य आर्जन गर्नेहरुको भीडमा उनीहरुको नाम नआउँला तर सामान्य रकम खर्च गरेर पनि पुण्य आर्जन गर्नेहरुको बीचमा उनीहरुले उदाहरण प्रस्तुत गरेका छन् ।

गत चैत २१ गतेबाट उनीहरुले आफ्ना दिवंगत हजुरबुबा होमनारायण निरौलाको स्मृतिमा आफ्नो घर छेउ आफ्नै जग्गाको सडक किनारमा बटुवा र आश्रितहरुको लागि चौतारो निर्माण गर्न शुरु गरेका छन् । हजुरबुवा होमनारायणको २०७१ फागुन २७ गते स्वर्गारोहण भएको थियो । बाटो हिड्ने थकित भएकाहरुले एकछिन भए पनि शितलमा बसेर थकाई मारुन् भन्ने उद्धेश्यले पारिवारिक सल्लाहले चौतारो निर्माण गरिएको परिवारका सदस्य खगेन्द्र निरौलाले भने । करिब डेढ लाख रुपैयाँमा सम्पन्न गरिने चौतारोको निर्माण कार्य अन्तिम चरणमा पुगेको ठेकेदार बिष्णु चुडालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्