अर्जुनधारा , जेठ २२ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा अर्जुनधारा नगरपालिकाको कामकाज प्रभावित भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधनपछि अर्को प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरपालिकाको कामकाज सहज रुपमा संचालन हुन नसकेको हो । अहिले शिक्षा शाखाका तोयानाथ रेग्मीले निमित्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।उनले सम्हालेको एक महिनाभन्दा बढी भइसक्यो । निमित्त अधिकृतले जिम्मेवारीपूर्वक कार्यभार सम्हाल्न नसक्दा कार्यालयको कामकाज संचालन गर्न अप्ठ्यारो परिरहेको एक कर्मचारीले बताए । अर्जुनधारामा १ नं प्रदेश सामाजिक विकास मन्त्रालयबाट अम्बिकाप्रसाद चौंलागाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउने चर्चा छ । गत साता नै आउने कुरा भएपनि उनी अझै आइपुगेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्