झापा , जेठ २३ । कोरोना संक्रमितहरुले उचित उपचार र परामर्श नपाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

राप्रपा बिर्तामोड नगर समितिले ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । पिसिआर परीक्षणको दायरा र स्वाव संकलनको समयावधि बढाउनुपर्ने , स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरै पुगेर सेवा प्रदान गर्नुपर्र्ने , खाद्यान्न अभाव भएकाहरुलाई तत्काल राहत बितरण गर्नुपर्र्ने , नगर अस्पतालको बिमा बापत वितरण गरिने औषधि पसलको ठेक्का प्रकृया सम्बन्धमा सत्य तथ्य छानबिन गरी नगरबासीहरुलाई सुसूचित गर्नुपर्नेलगायतका मागसहितको ध्यानाकर्षण पत्र राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलले नगर प्रमुख ध्रु्वकुमार शिवाकोटीलाई बुझाएकी हुन् ।
कसैलाई कोभिड संक्रमणको आशंका भएमा जुनसुकै समय सम्पर्क गर्न पाउने भरपर्दो संयन्त्रको व्यवस्था गर्नुपर्ने,संक्रमित वा आशंका भएका व्यक्ति र उसको परिवारलाई उचित परामर्श दिन र मनोबल बढाउन परामर्श समिति बनाउनुपर्ने , बन्दका कारण भोकै बस्न बाध्य ज्यालादारी मजदुरहरु , ठेला, ई रिक्सा र टेम्पो चालकहरुलगायत सम्पूर्ण विपन्न नगरबासीलाई राहतको व्यवस्था गर्नु पर्नेलगायतका माग समेत गरिएको छ । उपप्रमुख पवित्रा महतारा प्रसाईको समेत उपस्थिति रहेको त्यस अवसरमा नगर प्रमुख शिवाकोटीले ध्यानाकर्षण पत्र बुझ्दै आउँदा दिनमा कमी कमजोरी सुधार्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेको जनाइएको छ । ध्यानाकर्षण पत्र बुझाउन राप्रपा क्षेत्र नं २ प्रदेश ‘क’ का अध्यक्ष शंकर रिजाल, नगर उपाध्यक्ष किरण पौड्याल र नगर सदस्य राधेश्याम माझी पनि गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्