बिर्तामोड , जेठ २४ । बिर्तामोड नगरपालिका १० विराटपोखर टोलमा बसोबास गर्ने अतिबिपन्न पिछडिएका मुसहर समुदायलाई आज राहत वितरण गरिएको छ ।

महाविपत सहयोग समिति नेपाली कांग्रेस बिर्तामोड नगरपालिका १० ले १२ घर मुसहर परिवारलाई चामल ,दाल,नुन,तेल साबुन ,मास्कलगायतका अतिआवश्यक सामग्री वितरण गरेको हो । बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ , वडा सदस्यहरु अर्जुन सिटौला , दिपिका शिवा,पार्टीका भिष्म चुडाल ,दधि श्रेष्ठलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो । एक महिनाभन्दा बढी समयदेखिको निषेधाज्ञाका कारण समस्यामा परेकाहरुको चुलो निभ्न नदिन सहयोग गरिएको महाविपत सहयोग समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्