झापा, जेठ २४ । झापा अर्जुनधारा नगरपालिकाका एक दम्पत्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनीहरूको एक महिनाभित्रमा कोरोना संक्रमणकै कारण मृत्यु भएको हो ।२९ दिनअघि अर्जुनधारा ५ का ६१ वर्षिय बाबुल प्रधानको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यसैबीच, उनकी श्रीमती ५४ वर्षिया कविताको पनि उपचारका क्रममा गएराति बिर्तासिटी हस्पिटलमा कोरोना संक्रमणकै कारण निधन भएको हो । २९ दिनअघि श्रीमानको धरानमा उपचारका क्रममा निधन भएको थियो । ससुरालीमा भएको विवाह मान्न धरान जाँदा प्रधान दम्पतिलाई संक्रमण भएको बताइएको छ ।त्यसपछि श्रीमान बबुललाई त्यही भर्ना गरिएको थियो । श्रीमानको अगाडि मृत्यु भएपनि श्रीमती विरामी भएका कारण उनको काजक्रिया गरिएको थिएन । दुवैको मृत्यु भएपछि उनका छोराले ठूलो बुबा धु्रब प्रधानको मुल घरमा बसेर आफ्ना बुवाआमाको एकसाथ काजक्रिया गरिरहेको आफन्त देवीभक्त श्रेष्ठले जानकारी दिएका छन् । अर्जुनधारा स्वास्थ्य शाखाका अनुसार उनीहरुको स्थायी ठेगाना अर्जुनधारा ५ रहे पनि बिर्तामोड ५ मा बस्दै आएका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्