झापा,जेठ २५ । झापा शिवसताक्षीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी वडा नं ४ का सिटौला थरका ८६ वर्षिय बृद्ध रहेका छन् । उनको गएराति उपचारका क्रममा दमकको आम्दा अस्पतालमा मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । उनी केही दिन अघिदेखि आम्दा अस्पतालमा उपचाररत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्