सुरेश आले ‘सर्जु’,
बिराटपोखर ,जेठ २५ । अनुदानको धानको बीउबाट किसानहरुमा खुशियाली छाएको छ ।

बिर्तामोड १० बिराटपोखरस्थित मनकामना कृषक समूहले बंगलादेशको रंजित धानको बीउ अनुदानमा पाएको हो । दमकबाट प्रतिकेजी ५० रुपैयाँको दरले उनीहरुले सो बीउ प्राप्त गरेका थिए । सो धानको बजार मुल्य प्रतिकेजी सय रुपैयाँ भए पनि अनुदानमा ५० रुपैयाँमा पाईएको मनकामना कृषक समूहका सदस्य दुर्गा कटुवालले बताए । यसरी १४ मन धानको बीउ सो कृषक समूहले पाएको छ । ‘धान ढुवानी खर्च, धानको बीउमा किरा लागे, बीउ मरे, धानमा रोग किरा लागे सम्बन्धित दाताले नै ब्यहोर्ने छन् तर धान फलेपछि सम्बन्धित दातालाई दिने शर्त छ ’ कटुवालले भने । जेठ १२ देखि समूहका सदस्यले बीउ राख्न शुरु गरी अब असार १५ देखि रोपाई शुरु गर्ने समूहका सदस्य कटुवालले बताए ।
लकडाउनमा बजार बन्द भएको समयमा धानको बीउ अनुदानमा पाउँदा खुशी हुँदै उनले यस कार्यमा बिर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले समन्वय गरिदिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्