बिर्तामोड , जेठ २६ । निषेधाज्ञा अवज्ञा गरी होटल संचालन गर्ने अर्जुनधारा ११ बुट्टाबारीस्थित सुक्रात होटल तथा लजका संचालक मोहनकुमार प्रसाईलाई जरिवाना गरिएको छ ।

जिल्लाभर लागू भएको निषेधाज्ञाको अवज्ञा गरी होटल संचालन भईरहेको सूचना पाएर इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले मंगलबार साँझ होटल संचालक प्रसाईलाई नियन्त्रणमा लिएको थियो । कोभिड–१९ संकट ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको अध्यादेश बमोजिम कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय झापा समक्ष उपस्थित गराई प्रशासन कार्यालयद्वारा २५ हजार रुपैयाँ जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्