बिर्तामोड , जेठ २७ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत झापाका युवा उद्योगी दिपेन्द्र पोखरेलको गएराति निधन भएको छ ।

काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले बताए । ५३ वर्षिय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड ३ निबासी पोखरेलका श्रीमती , एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्