हल्दिबारी , जेठ २७ । नेकपा(एमाले) हल्दिबारी गाउँ कमिटीले विपन्नका लागि बनाइएका आवासहरुमा गाउँपालिकास्तरीय आकस्मिक अस्पताल संचालन गर्ने ब्यवस्था तत्काल मिलाउन माग गरेको छ ।

गाउँ कमिटीले गाउँपालिका कार्यालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाको नयाँ भेरियन्टको संक्रमण रोकथाम,नियन्त्रण,उपचार र नागरिकहरुको स्वास्थ्य अबस्थालाई ध्यानमा राखी आवासहरुमा आकस्मिक अस्पताल संचालन गर्न माग गरेको हो । तराई मधेस समृद्धि कार्यक्रममार्फत हल्दिबारी–२ मा १३ वटा आवासहरु निर्माण भएका छन् । पार्टीका गाउँपालिका इन्चार्ज नरेश चुडालले गाउँपालिका अध्यक्ष,उपाध्यक्ष र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेको ध्यानाकर्षण पत्र अध्यक्ष हरि गौतमले वाचन गरेका थिए । कार्यक्रमको संचालन सचिव महेशलाल मेचेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्