सोलु, जेठ २८ । आज बिहान पौने ९ बजे सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ ।

सोलुखुम्बुबाट पोखरा जादै गरेको ग १क ५१७३ नम्बरको ट्रकमा बिद्युतको तारमा जेसीबीले छुन गई करेन्ट लाग्दा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै २ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाउँपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजा का २३ बर्षीय राम परियार रहेका छन् । घाईते हुनेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारकी श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।
घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्