झापा , जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुन विश्वविद्यालयले कतिवटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामर्थ्यमा भर पर्ने बताएका छन् ।

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा विवाद भइरहँदा विश्वविद्यालयले कतिवटासम्म क्याम्पसको अनुगमन र परीक्षा सञ्चालन गर्न सक्छ भन्ने कुरा मुल्यांकन गरी सोहीअनुसार सम्बन्धन दिन पाउनेगरी कोटा तोकिनु पर्ने प्रधानमन्त्रीको भनाई थियो । चिकित्सा सेवा आयोगको सातांै बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेको विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ ।’
उनले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोहीअनुरूप शैक्षिक नीतिनियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्