झापा , जेठ ३० । कोरियामा कार्यरत पाँचथर कुम्मायक २ माङजाबुङ निवासी गजेन्द्र शेर्माले स्थानीय समुदायका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका समाजसेवी शेर्माले आफ्नो जन्मथलो माङजाबुङबासीका समुदायलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि २ लाख १६ हजार बराबरको स्वास्थ्य सामग्री आफ्नो व्यक्तिगत खर्चबाट उपलब्ध गराएका हुन् ।
माङजाबुङको वडा कार्यालयमा एक औपचारिक कार्यक्रमकाबीच माङजाबुङका प्रत्येक घरपरिवारलाई सो स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुगोस् भनेर ६ थान अक्सिजन सिलिन्डर, ८ हजार ५ सय थान मास्क र ८ सय ५० थान सेनिटाईजर माङजाबुङबासीका लागि प्रदान गरेको समाजसेवी शेर्माले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

शेर्माले कोरियाबाट प्रदान गरेको स्वास्थ्य सामग्री टोल समितिमा रहेका महिला स्वास्थ्य स्वयंंसेविकामार्फत प्रत्येक घरमा पु¥याईने छ ।
रोजगारीको सिलसिलामा कोरिया रहेका शेर्माले यसअघि पनि विभिन्न सामाजिक कामहरु गर्दे आएका छन् । आफ्नो गाउँबासीलाई सम्झेर स्वास्थ्य सामग्री सहयोग गरेकोमा माङजाबुङबासीले शेर्मालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्