मेचीनगर , असार १ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले मेचीनगर–२ स्थित भृकुटीमा आफ्नो शाखा विस्तार गरेको छ ।

एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए । उद्घाटन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । विशेष अतिथिको रुपमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मेचीनगर क्षेत्रीय कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए । असार १ गतेबाट भृकुटी शाखाले कारोबार सुरु गरेको जनाइएको छ ।