बिर्तामोड , असार १ । झापामा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा जिल्ला बाहिरका एकसहित चारजना संक्रमितको मृत्यु भएको हो ।मृत्यु हुनेमा बिर्तामोड , अर्जुनधारा र शिवसताक्षीका एक–एकजना रहेका छन् ।
बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा दुई जना पुरुषको मृत्यु भएको हो । अर्जुनधारा ६ घर भई बिर्तामोड ५ मा बस्दै आएका ३५ वर्षिय ती पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । त्यस्तै शिवसताक्षी ८ का ५७ वर्षिय पुरुषको पनि बिएण्डसी हस्पिटलमै मृत्यु भएको छ । त्यस्तै बिर्तामोड १ की ७७ वर्षिया बृद्धाको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।त्यस्तै उर्लाबारी ७ का ८४ वर्षिय बृद्धको आम्दा अस्पतालमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३०६ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा झापाका २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १०७ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी बिर्तामोडका २५ महिलासहित ५४ जना रहेका छन् । यस्तै, दमकका ८ जना, गौरादहका १२ जना, मेचीनगरका २५ जना, भद्रपुरका २५ जना, कनकाईका ९ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी, हल्दिबारीमा ४ जना महिला, अर्जुनधारामा १५ महिलासहित २९ जना, बुद्वशान्तिमा ९ महिलासहित १७ जना, कमलमा १ जना महिला, शिवसताक्षीमा १ महिलासहित ४ जना, बाह्रदशीमा ८ महिलासहित १२ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।योसँगै झापामा संक्रमितको संख्या १२ हजार ५१७, डिस्चार्ज ९ हजार ८१०, आइसोलेसनमा सक्रिय संक्रमितको सँख्या ३ हजार पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्