गौरादह , असार ३ । आफ्नै घरनजिकको नहर पैनीमा डुबेर गौरादहमा एक व्यक्तिको मृत्यु भएको छ ।

गौरादह ९ बस्ने ५२ वर्षिय दिलबहादुर गिरीको आफ्नै घरनजिक रहेको नहर पैनीमा डुबेर मृत्यु भएको हो । प्रहरी चौकी महाभारामा दिउँसो १२.३० बजे खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेकोे र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्