मेचीनगर , असार ३ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर ६ शान्ति टोल बस्ने ३४ वर्षिय पवन राई रहेका छन् । आज दिउँसो १२.१५ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा राईको साथबाट २२ ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्