झापा , असार ४ । झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ दुधेमा नेपाली कांग्रेसद्वारा निर्माणाधिन अतिविपन्न एकल महिलाको घर निर्माणमा अष्ट्रेलियाबाट कांग्रेस समर्थकहरुले नगद सहयोग गरेका छन् ।

भीमाकुमारी चौधरी राई आवास जनसम्पर्क समिति अष्ट्रेलियाका तर्फबाट नेपाली कांग्रेसका महासमिति एवं महाधिवेशन प्रतिनिधि सन्तोष सिटौला ( झापा ) ,भिम लुइँटेल ( ओखलढुंगा ) ,निल थपलिया (चितवन ) ,नेत्र पौडेल (झापा ) महाधिवेशन पर्यवेक्षक एव क्रियाशील सदस्य निरन्जन प्रसाईं (झापा ) ,राजन सिटौला (झापा ) ,रुपराज मैनाली (झापा )को तर्फबाट एकमुष्ट नगद ५५ हजार रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक विनोद ढकालले जानकारी दिए । सो सहयोग रकम कांग्रेस महासमिति सदस्य नेत्र पौडेलले घर निर्माणस्थलमा कांग्रेस नगर सभापति पर्शुराम ढुंगाना र निर्माण समितिका संयोजक ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन । सो अवसरमा नगर सभापति ढुंगानाले सहयोगप्रति धन्यवाद दिँदै बिदेशमा बसेर सहयोग प्रदान गर्ने सबैजनाप्रति कृतज्ञता व्यक्त गरे।
निर्माण समितिका संयोजक ढकालले ६ महिना अघिबाट शुरु भएको सो आवास निर्माण अन्तिम चरणमा पुगेको र असारभित्रैमा सम्पन्न गरी हस्तान्तरण गर्ने योजना रहेको बताए । घर निर्माणमा कतिपय दाताहरुले जिन्सी सहयोग समेत प्रदान गरेका कारण एकमुष्ट लागतको विवरण तयार पार्ने काम भइरहेको उनले बताए । घर हस्तान्तरणको अवसरमा घर निर्माणमा सहयोग गर्ने दाताहरु र भएको खर्चको विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए । ‘१४ लाख रुपैयाँसम्म लागत पुग्छ होला , विस्तृत तयार पार्ने काम भइरहेको छ’ ढकालले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्