मोरङ, असार ६ । लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभूमि गाउँपालिका १ का ३२ बर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सूर्य राई रहेका छन् । यसैगरी भारतीय नागरिक भारत अररिया फार्बिसगन्जका १९ बर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ बर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजारलगायत विभिन्न कम्पनीको मोवाइल ६ थान बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसारपसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुरस्थित झाँडीमा लुकाई राखेको १८ केजी गाँजा समेत बरामद गरेको छ ।पक्राउ परेकामध्ये सूर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जनाउपर लागूऔषध कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्