कुमरखोद ,असार ७ । झापा गाउँपालिकामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ की सुब्बा थरकी ४१ वर्षिया महिला रहेकी छन् । सुगर विरामी भएकी ती महिलालाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि हस्पिटलको सघन कक्षमा उनको उपचार भइरहेको थियो । बिर्तासिटी हस्पिटलमा उपचार गराईरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तहरुले हिजो विरामीलाई घर ल्याएका थिए । घरमा फेरि श्वासप्रश्वास समस्या भएपछि उपचारको लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा हस्पिटलको गेटमै राति १० बजे मृत्यु भएको परिवारले जनाएको छ ।
झापा गाउँपालिकामा दोस्रो लहरमा कोरोनाका कारण मृत्यु हुनेको सँख्या ८ पुगेको छ । संक्रमित दर चौबीस प्रतिशत रहेको झापा गाउँपालिका स्वास्थ्य प्रमुख लक्ष्मण विश्वकर्माले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्