कमलप्रसाद बाँस्कोटा “कमल“

धोका दियौं तिमीले सगरमाथा छुनु
एक्लो मलाई बनायौं धेरै टाढा हुनु
तिमीलाई देख्दा जिउँदै म जल्छु हेर
मेरो तिमीलाई बधाई छ अर्कैको दिल धुनु ।
मेरो चोखो माया थियो भुलेर गयौं
धोका दिई मनभित्र तिमी डुलेर गयौं
पवित्र यो हाम्रो मायामा साथ दिन्थे
“कमल“को माया तोडे भनी खुलेर गयौं
कनकाई नगरपालिका ८ झापा