बिर्तामोड , असार ९ । शिक्षासेवी डम्बरबहादुर देउजालाई पितृशोक परेको छ ।

पञ्चरत्न माध्यमिक विद्यालय बिर्तामोड– २ का सहायक प्रधानाध्यापक , नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका पूर्व अध्यक्ष, पेशागत महासंघ नेपालका राष्ट्रिय समितिका सदस्य, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, सहारा नेपालका वर्तमान कोषाध्यक्ष देउजाका पिता पूर्णबहादुर देउजाको हिजो बेलुका १०ः१० बजे ९४ वर्षको उमेरमा निधन भएको हो । निजी निवास बाह्रदशी ५ घोडामारा चकचकीमा निधन भएका पूर्णबहादुरको आज कनकाई माईमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्