कुमरखोद ,असार ११ । झापा गाउँपालिकाको नवौ गाउँसभा हिजो सम्पन्न भएको छ ।
झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट पारित गरेको हो । झापा गाउँपालिकाको सभाहलमा शुरु भएको नवौं गाउँसभामा उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गरेकी थिईन् । प्रस्तुत बजेट अनुसार पूर्वाधार विकास कार्यक्रमतर्पm ११ करोड ९० लाख , आर्थिक विकासतर्पm २ करोड ३३ लाख , वन वातावरण विपद तथा सरसफाईतर्पm ६ लाख , संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्पm ८ लाख ३५ हजार पाँचसय , सामाजिक विकासतर्पm २ करोड ७० लाख ३० हजार , संघीय सशर्त अनुदान १९ करोड २६ लाख , संघीय विशेष अनुदान १ करोड ७४ लाख , संघीय समपूरक अनुदान १ करोड १३ लाख , चालु खर्चतर्पm ६ करोड ५३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा , लेखा अधिकृत लक्ष्मी खतिवडा , प्रशासकीय अधिकृत हिमाल मिश्रा , सातैवडाका वडा अध्यक्षहरु , परिषद सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।