बिर्तामोड, असार ११ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मेडिकल एशोसिएसन नेपालको सहकार्यमा उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर बिर्तामोडको नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

सिटौलाले झापाका १२ वटा स्वास्थ्य केन्द्रलाई एक– एक थान अक्सिजन कन्सन्ट्रेटरसहित पिपिइ सेट उपलब्ध गराएका थिए । बिर्तामोडको नगर अस्पतालका लागि उपलब्ध भएको अक्सिजन कन्सन्ट्रेटर काँग्रेसका नगर सभापति एवं बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेललाई हस्तान्तरण गरेका हुन् । उनले कोरोना महामारीका कारण विपन्न नागरिकले अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर मेडिकल एशोसिएसनसँग पहल गरेर झापाका स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहित पिपिइ सेट उपलब्ध गराएकोमा नेता सिटौलालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बिर्तामोड वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा , १० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्