झापा , असार १३ । मोरङको जहदा गाउँपालिका ३ निवासी समाजसेवी विश्वमान राजवंशीले जीवन बचाऔं अभियानलाई २० हजारको खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।

राजवंशीले विपन्न परिवारहरूको लागि जीवन बचाऔं अभियानलाई खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् । उक्त खाद्यान्न सामग्री सामाजिक अभियन्ता गायक विष्णु राजवंशीलाई हस्तान्तरण गरिएको छ । जीवन बचाऔं अभियानले हालसम्म २५० घरपरिवारलाई घरमै पुगेर राहत वितरण गरिसकेको छ । कोही भोकै रहनु नपरोस् भन्ने उद्धेश्यका साथ जीवन बचाऔं अभियान निरन्तर जारी राख्ने अभियन्ता राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्