झापा , असार १४ । बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
कार्कीलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो। कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधि हासिल गरेको हुनु नपर्ने भन्ने निर्देशिकालाई अदालतले अस्वीकार गरेको छ। कार्की पूर्व सामान्य प्रशासन मन्त्री हुन् ।
परराष्ट्र मन्त्रालयले ११ मित्रराष्ट्रमा खटाउन राजदूत नियुक्ति सिफारिस गरेको थियो । त्यसमध्ये कार्कीसहित झापाका तीनजना परेका थिए । झापा आन्दोलनमा संलग्न नेता चारपाने निवासी प्रा.डा. नारायणप्रसाद संग्रौलालाई म्यानमार, दमककी महिला नेतृ सुमित्रा भण्डारीलाई डेनमार्क र साविक महारानीझोडाका स्थायी बासिन्दा एवं पूर्व मन्त्री कार्की बहराइनका लागि राजदूतमा सिफारिस भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्