झापा, असार १५ । झापाको दमकबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।

हिजो दिउँसो सवा ३ बजे दमक–६ थाना रोडबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ बालुवथानका २६ वर्षीय विवेक लिम्वु र २२ वर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउनसुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरी ल्याएको स्थान खुल्न आएसगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र साँवाको कोठाबाट पाँच लाख चौध हजार तीन सय नगद फेला परेको थियो । दुवैलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा बिक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र साँवाको कोठाबाट २ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । पक्राउ परेका चारैजना उपर ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्