सपना आचार्य,
माई , असार १६ । इलामको माई नगरपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वित्तीय सेवामा पहुँचका लागि समन्वय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

माई नगरपालिकाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा माईका मेयर दिपककुमार थेबेले गरिबी न्यूनीकरण गर्दै कसरी सम्बृद्धि निर्माण गर्न सकिन्छ भनेर माई नगरपालिका लागेको बताए । उनले सहभागीहरुलाई प्रविधिमैत्री व्यवसाय संचालन गर्न ‘मभित्र के गर्ने क्षमता छ’ भनी पहिचान गरी दृढतापूर्वक पूँजीको सही सदुपयोग गर्दै प्रविधिको सहारामा कार्य गर्न निर्देशन दिए । मेयर थेबेले असल ब्यवसाय गर्ने उद्यमीलाई ५० प्रतिशत अनुदान प्रदान गर्न तयार रहेको जानकारी दिए । उपमेयर विष्णुमाया आचार्यले ब्यक्ति, परिवार र समाज परिवर्तनका संवाहक व्यवसायी तथा उद्यमीलाई सम्बृद्ध बनाउन हरपल लागिपर्ने बताइन् ।
सानीमा बंैंक लिमिटेड माई शाखाका प्रबन्धक शारदा गौतम र कर्मचारी रोशन पौड्यालले व्यावसायिक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने कर्जाका लागि पुरा गर्नुपर्ने प्रकृयाका बारेमा जानकारी दिएका थिए । माईका प्रशासन शाखा प्रमुख नबिनकुमार पौड्यालले उद्यमशीलता विकास तालिमपछि व्यवसाय संचालन गर्दै गरेका ब्यक्तिलाई वित्तीय पहुँचसम्म कसरी जान सकिन्छ भन्ने बारेमा प्रष्ट पारेका थिए ।
माई नगरभित्रका २७ जनाको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा बजारीकरणमा सहयोगका लागि समन्वय एवम व्यावसायिक परामर्शसम्बन्धी समेत जानकारी गराईएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्