कनकाई , असार १७ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र छहारी नेपाल कृषि सहकारी संस्था लक्ष्मीपुरबीच एकीकरण भएको छ ।

एनएमसीको ४३ औं शाखा कार्यालयको रुपमा स्थापित छहारी सेवा केन्द्र लक्ष्मीपुर शाखाको बुधबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । कनकाई नगरपालिका ८ का वडाध्यक्ष प्रेमबहादुर कट्वालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता छहारी नेपाल कृषि सहकारी संस्थाका अध्यक्ष युवराज चुँडालले गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेका थिए । विशेष अतिथिको रुपमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कनकाई क्षेत्रीय कार्यालय प्रमुख प्रकाश सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्