झापा , असार १९ । झापाको भद्रपुरमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. ९ पोकापाडा बस्ने अन्दाजी ६० वर्षिय धनसिंह राजवंशी रहेका छन् । राजवंशी हिजो दिउँसो ३ बजेदेखि हराएका थिए । आज बिहान ९ बजे स्थानीय नेपालसिंह राजवंशीको माछा पोखरीमा उनी मृत फेला परेका हुन् । पोखरी धनी राजवंशीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउना साथ प्रहरी चौकी घोडामाराबाट टोली खटिएर लाश बाहिर निकालेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्